४ जेष्ठ २०८१, शुक्रबार

कालिकोटमा २१ कृषक पुरस्कृत

प्रकाशित मिति :  14 July, 2022 9:06 am


कालीकाेट। कालीकोटका २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत भएका छन् । कृषि विकास कार्यालय कालीकोटले आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरेको हो ।

मुख्यमन्त्री उत्कृष्ट पुरस्कारअन्तर्गत प्रथम हुने कृषकलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीयलाई रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

फलफूल, तरकारी, खाद्यान्न बाली, मसला बाली, आलु खेती नगदे बाली, मौरीपालन तथा च्याउ खेती गर्ने उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा गणेशबहादुर बुढाले जानकारी दिए।

कृषकले गरेको उत्कृष्ट कामको प्रशंसा गर्दै आगामी दिनमा कृषकको हितका लागि विभिन्न कार्यक्रम ल्याइने कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटाले बताए ।

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्ला समन्वय समितिका प्रमुख धनजीतबहादुर शाहीलगायतले पुरस्कार प्रदान गरेका हुन्।

–––रासस



प्रतिक्रिया दिनुहोस !