१८ बैशाख २०८१, मंगलबार

देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा मधेश प्रदेशका किसान सबैभन्दा बढी मारमा

प्रकाशित मिति :  18 July, 2022 3:38 pm


काठमाडौं । असार महिना किसानका लागि विशेष महिना हो । वर्षभरी खानाको जोहो गर्न किसान रापाइमा लाग्ने समय हो, तर समयमा वर्षा नहुदाँ झण्डै आधा किसान आकाशे पानीका भरमा रोपाइ गर्न बाध्य छन् । पानी नपर्दा मधेश प्रदेशका किसान सबैभन्दा बढी मारमा परेका छन् ।

कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार पारेको यस वर्षको धान रोपाइँको तथ्यांक अनुसार असार ३२ सम्ममा ६८ प्रतिशत रोपाइ सम्पन्न भएकाे छ । असार २८ गतेसम्म ६० प्रतिशत धान रोपाइ सम्पन्न भएको थियाे । गत वर्ष असार ३१ सम्म ७६ प्रतिशत रोपाइँ भएको मन्त्रालयकाे तथ्यांक छ।

याे वर्ष गत वर्षको तुलनामा करिब ८ प्रतिशत कम रोपाइँ सम्पन्न भएकाे छ । तथ्यांक अनुसार प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण राेपाइँ कम भएकाे मन्त्रालयकाे भनाइ छ ।

मनसुन शुरु हुनासाथ श्रावण १०-१५ सम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने भएकोले विगत वर्षहरुकै हाराहारीमा रोपाइँ हुने मन्त्रालयलेको प्रारम्भिक अनुमान रहेको छ।

मन्त्रालयका अनुसार असार २८ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत रोपाइ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम ३९ प्रतिशत रोपाइँ भएको छ ।

सिंचित क्षेत्रमा झिनाे वृद्धि

राष्ट्र बैंकको सार्वजनिक गरेको तथ्याकं अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो छ महिनामा कुल सिञ्चित क्षेत्रफलमा १.६ प्रतिशतले बृद्धि भएको छ । सो अवधिमा कुल खेती गरिएको भू–भागमध्ये ४१.६ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । देशको कुल खेतीयोग्य क्षेत्रफलमा प्रदेश नं. १ को हिस्सा सबैभन्दा बढी २२.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.६ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !