७ जेष्ठ २०८१, सोमबार

सरकारले सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक घोषणा गर्ने

प्रकाशित मिति :  24 July, 2022 2:17 pm


काठमाडौं । सरकारले सन २०२३ २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजनाले प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको छ ।

आर्थिक वर्ष शुरु भएसँगै पर्यटन क्षेत्रमा देखिएको सुधारात्मक संकेतपछि दुई तीन महिनाभित्र यस्तो घोषणा गर्न सकिने मन्त्रालयले जनाएको छ ।

सोही कार्ययोजनालाई सफल पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान समेत चलाउने बताएको छ । यस्तै, काठमाडौंमा पर्यटन केन्द्रित ‘होप अन होप अफ सिटी बस’ सञ्चालन गर्ने घोषणा समेत कार्यपत्रमा प्रस्तुत गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र संचालन हुने समेत मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !