लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
प्रकाशित मिति : 27 July, 2022 5:38 pm
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्ष प्रविणकृष्ण श्रेष्ठले पद तथा गोपनीयता शपथ ग्रहण गरेका छन् ।
सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन भएका श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठ त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे« बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पु¥याएका थिए ।
उनी विगत ४ वर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आएका छन् । श्रेष्ठको नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जनाएका छन् ।








