७ बैशाख २०८१, शुक्रबार

आइसिटी अवार्डमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको प्रतिस्प्रधा हुने

प्रकाशित मिति :  28 July, 2022 2:29 pm


काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबीच प्रतिस्प्रधा हुने भएको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन बुधबारदेखि खुला भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ ।

यस अवार्ड विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिप्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन । यस विधाको लागि विभिन्न देशका विज्ञहरु सहितको छुट्टै छनौट समिति रहनेछ ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

प्रविधि तथा इन्नोभेसनमा दक्षिण एसियाली देशहरु अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरुमा थप सहकार्यको बातावरण बन्ने लम्सालको भनाइ छ । यसअघि विभिन्न ११ विधाहरुको लागि नोमिनेशन खुल्ला भइसकेको छ ।

यस वर्ष नोमिनेसन खुला गरिएको ११ अन्य विधाहरुमा स्टार्टअप आइसिटी अवाड नेपाल प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेका छन्।

आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।

त्यसैगरी, प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड ९पब्लिक सेक्टर०, डिजिटल एजुकेशन आइसिटी अवार्ड -प्राइभेट सेक्टर-, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।

आइसिटी अवार्डमा नोमिनेशन दर्ता गर्न प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणमका छनौट प्रकृयालाई अगाडी बढाउनेछ ।

१२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुनेछन । अवार्ड फिनाले अघि स्टार्टअप एण्ड आइडिया फेस्ट लगायतका कार्यक्रमहरु पनि आयोजना हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !