६ बैशाख २०८१, बिहिबार

पाँच वर्षमा थपिए साढे २७ लाख मतदाता, आजबाट नामावली संकलन स्थगित

प्रकाशित मिति :  5 August, 2022 8:10 am


Election commission

काठमाडौं । पछिल्लो पाँच वर्षमा २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार २०७४ सालको निर्वाचनपछि करिव १८ प्रतिशत मतदाता थपिएका हुन् ।

सरकारले आगामी मंसिर ४ गते संसदीय निर्वाचन घोषणा गरेकाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरिएको छ । अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा भने २१ गतेसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !