१५ चैत्र २०८०, बिहिबार

सात जोडीको स्वर र अभिनय रहेको ‘हेरिस्यो न’ तीज गीत सार्वजनिक

प्रकाशित मिति :  5 August, 2022 8:52 am


काठमाडौं । सात जोडीको स्वर र अभिनय रहेको ‘हेरिस्योना’ तीज गीत सार्वजनिक भएको छ। राधिका हमाल पुन युट्युव च्यानलबाट बिहिबार गीत सार्वजनिक भएको हो ।

नेपाली सांगितिक क्षेत्रमा चर्चा कमाएका सात जोडीको सामुहिक प्रस्तुतिको रुपमा रहेको हेरिस्यो न मायाले बेरिस्यो न तीज गीतमा कुन्ती मोक्तान शिला बहादुर मेक्तान, राधिका हमाल कृष्ण पुन, लक्ष्मी मल्ल श्रीकुष्ण बम मल्ल, देवी घर्ति राजु ढकाल, पूर्णकला बीसी धन केपी, जुनु रिजाल काफ्ले रामचन्द्र काफ्ले, माण्डवी त्रिपाटी विपिन आचार्यले अभिनय गरेका छन् ।

राधिका हमालको शब्द तथा संगीत रहेको उक्त गीत नेपाली इतिहासकै पहिलो सामुहिक तीज गीत रहेको गायिका राधिका हमाल पुनले बताइन् ।



प्रतिक्रिया दिनुहोस !