२६ बैशाख २०८१, बुधबार

गायिका शान्ती श्रीको ‘माझी दाइ’ तीज गीत सार्वजनिक

प्रकाशित मिति :  5 August, 2022 1:42 pm


काठमाडौं । चर्चित गायिका रुपमा चिनिने गायिका शान्ती श्री परियारले माझी दाइ बोलको तीज गीत सार्वजनिक गरेकी छन् ।

शुक्रवार शान्ति श्री परियार नामको उनको आफ्नै युट्युव च्यानलमार्फत उनले माझी दाइ बोलको गीत सार्वजनिक गरेकी हुन । नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीतमा रहेको माझी दाइमा खेम सेन्चुरी र गीता ढुङ्गाले अभिनय गरेका छन ।

दर्जनौ गीतहरूमा आवाज दिएकी परियारका ,थुप्रै गीतहरू चर्चा बटुल्न सफल छन् । बोल माया, गलबन्दी नामक उनका गीत सर्वाधिक चर्चामा रहेका गीत हुन । यसपालीको तीजमा मात्रै उनले दर्जनौ गीतमा आवाज दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !