८ बैशाख २०८१, शनिबार

ह्वावेको सीड्स फर द फ्युचर २०२२ को लागि ७ विद्यार्थी थाइल्याण्ड जाँदै

प्रकाशित मिति :  17 August, 2022 5:49 pm


काठमाडौं । ह्वावेको सीड्स फर द फ्युचर २०२२ को लागि ७ जना विद्यार्थी छानिएका छन् । ह्वावेको ग्लोबल फ्ल्यागशिप कर्पोरेट सामाजिक उत्तरदायीत्व (सीएसआर) कार्यक्रम अन्र्तगत सूचना सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धि विषयहरुका स्नातक तहका विद्यार्थीहरुका लागि लक्षित कार्यक्रम हो ।

सन् २००८ मा थाइल्याण्डमा सुरु भएको कार्यक्रम नेपालमा गत वर्षदेखि सुरु भएको हो । नेपालमा यो कार्यक्रम दोस्रो पटक भएको हो । यस वर्ष नेपालमा २५६ जनाको आवेदन परेकोमा ७ जना मात्र छनोट भएका छन् । प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका विद्यार्थी छनोट गरिएको ह्वावेले जनाएको छ ।

छनोट हुनेमा काठमाडौं विश्वविध्यालयका निर्माण खड्का र प्रज्ञा मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका बंशज पौडेल, ख्वोप ईन्जिनियरिङ कलेजका जतिन भुसाल, पुल्चोक क्याम्पसकी रीया बैद्य र नदिका पौडेल र अमृत साइन्स क्याम्पसका अजु तामाङ् रहेका छन् ।

छनोट भएका विद्यार्थीहरुले नेपालमा डाटा सेन्टर सम्बन्धी कक्षा प्राप्त गरेका छन्, डिशहोमका कार्यालयहरूमा एफटीटीएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिकेका छन् र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ कार्यशालामा भाग लिएको ह्वावेले जनाएको छ । संगठनको द नेक्स्ट ५० अभियानको एक हिस्साको रूपमा युनेस्कोले पनि विद्यार्थीहरूलाई संलग्न गराएको ह्वावेले जनाएको
छ ।

विद्यार्थीहरुले अगस्ट १९ देखि अगस्ट २७ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन् । उनीहरूले व्यावहारिक अनुप्रयोगहरू हेरेर फाइभजी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्नेछन् ।

यसका साथै फाइभजीको व्यावहारिक अनुप्रयोगहरू हेर्दै र १४ देशका विद्यार्थीहरूसँग क्रस(सांस्कृतिक शिक्षामा पनि संलग्न हुनेछन् । छनोेट भएका विद्यार्थीहरुले “टेक फो गुड” प्रतियोगितामा पनि भाग लिनेछन् जहाँ विद्यार्थीहरूले वास्तविक(विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनु पर्ने ह्वावेले जनाएको छ ।

“टेक फो गुड” परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने टेक फो गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन् । उनीहरू फर्किएपछि, विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे निर्मित बेस स्टेशनको भ्रमण गर्नेछन् ।

सन् २००८ देखि सुरु भएके कार्यक्रम १३० भन्दा बढी देश र क्षेत्रका १२ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन्।



प्रतिक्रिया दिनुहोस !