१५ बैशाख २०८१, शनिबार

भारतः काेराेना विरूद्ध काेषमा टाटाकाे १५ सय कराेड; कर्पाेरेट हाउसकाे कुल २ हजार कराेड

प्रकाशित मिति :  28 March, 2020 10:52 pm


काठमाडाैं, १५ चैत । 

काेराेना कहरले अाक्रान्त बन्दै गरकाे भारतीय सरकारी सहयाेग काेषमा एकै पट २ हजार कराेड भारूकाे प्रतिवद्धता अाएकाे छ । करिव एक दर्जन कर्पाेरेट हाउसकाे गरेकाे प्रतिवद्धमध्ये सबैभन्दा ठूलाे टाटा ग्रुपकाे रहेकाे छ ।

टाटा ग्रुपकाे तर्फबाट एक हजार कराेड र टाटा ट्रष्टबाट पाँच सय कराेड प्रतिवद्धता प्राप्त भएकाे हाे । टाटा कम्पनीका अध्यक्ष रतन टाटाले कोभिड–१९ को विरुद्ध संघर्ष गरिरहेको भारतलाई ५ सय करोड सहयोग उपलव्ध गराउने प्रतिवद्धता दिएकाे केही समयमै टाटाका छाेराकाे तर्फाबट थप एक हजार कराेडकाे प्रतिवद्धता व्यक्त गरिएकाे हाे ।

टाटापछि ठूलाे सहयाेग गर्नेमा वेदांता रिसाेर्सेज, हीराे साइकल्स र बजार ग्रुपले सय कराेडका दरले सहयाेग गर्ने भएका छन् । अर्काे विजेनस घराना सन फार्माले २५ कराेड बराबरकाे अाैषधि र स्यानिटाइजर उपलब्ध गराउने भएकाे छ भने मुकेश अम्बानीकाे रिलायन्स इन्डस्ट्रिजले ५ कराेड रूपैया र बेडकाे सेन्टर उपलब्ध गराउने भएका छन् ।

पेटीएमले पाँच कराेड, पारलेले ३ कराेडकाे विस्कुट प्याकेट र महिंद्रा ग्रुपले भेंटिलेर बनाउने प्रतिवद्धता व्यक्त गरेकाे छ । यसअघि सेलिब्रेटी अक्षयकुमारले २५ कराेड दान गर्ने घाेषणा गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !