बेबिल्याण्डले ल्यायो तीज विशेष अफर
प्रकाशित मिति : 23 August, 2022 4:01 pm
काठमाडौं । बच्चाका लागि चाहिने सबै सामानहरूको स्टोर सञ्चालन गर्दै आएको कम्पनी बेबील्याण्डले तीज विशेष अफर ल्याएको छ ।
काठमाडौंको बालाजु,पोखराको न्युरोड, चिप्लेढुंगामा बेबील्यण्डको स्टोर रहेको छ । अफर अन्तर्गत ग्राहकहरुरूलाई लुगामा १८% बिशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर २०७९ भाद्र ७ गते देखी १४ गतेसम्म सञ्चालनमा रहने छ ।
बेबिल्याण्डमा नवजात शिशु देखी १२ वर्षसम्मका बच्चाका लागि कपडा,जुत्ता, खेलौना पाइने र बच्चाको हेरचाह गर्ने सामान, बच्चाको नर्सरी सामग्री तथा फर्निचर, आमाका लागि मेटेरनिटीका सामानहरू पाइने कम्पनीले जनाएको छ ।
तीज अफर बाहेक बेबिल्याण्डले ‘ह्याप्पी आवर’ योजना पनि सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकहरूले सम्पूण सामान किन्दा बिहान ९ बजे देखी ११ बजेसम्म खरिद गर्दा विशेष छुट हुने कम्पनीको भनाई छ ।








