डीजी पेमा आवद्ध व्यवसायीलाई नाइस टीभीमा डेढ लाखको विज्ञापन सित्तैमा !
काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि. र नाइस टेलिभिजनबीच व्यावसायिक प्रवद्र्धनका लागि सम्झौता भएको छ ।
सम्झौता अनुसार डीजी पेमा आवद्ध व्यवसायीले नाइस टेलिजिभजनमा एक लाख पचास हजार मूल्य बराबरको विज्ञापन तीनमहिनासम्म निशुल्क गर्न पाउने भएका छन् । साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा नाइस टेलिभिजन एच डीका अध्यक्ष आशिर्वाद पुन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । नेपालकै दोस्रो स्याटेलाइट टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौता गर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताए ।
नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । नाइस टेलिभिजन एच डीको सामाजिक उत्तरदायित्व योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरूको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट बिज्ञापन मार्फत जनमानस पु¥याएर लाभ लिन सक्ने बताए ।
यसअघि डीजी पेले स्टार अस्पतालसँग पनि सहकार्य सुरु गरेको छ । जस अनुसार डीजी पेका ग्राहकले स्टार अस्पतालमा विभिन्न छुटको व्यवस्था गरिएको छ । डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।








