७ पुस २०८२, सोमबार

मुख्यमन्त्री राईलाई मातृशोक

प्रकाशित मिति :  5 September, 2022 11:45 am


काठमाडौं। प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । राईकी आमा धनकुमारी राईको ८४ बर्षको उमेरमा सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको श्रासव्रश्रास लगायत स्वास्थ्य समस्या देखिएपछि हेलिकप्टरबाट उपचारको लागि विराटनगर ल्याइएको थियो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पताल प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिनेछ । राईका ३ छोरा र एक छोरी रहेका छन् । मुख्यमन्त्री राई कान्छा छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस !