१८ आश्विन २०८३, आइतबार

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, केही क्षेत्रमा संक्रमण दर घट्दो

प्रकाशित मिति :  4 October, 2026 8:32 am


काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा जारी घातक इबोला महामारीका कारण मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । यद्यपि, केही प्रभावित स्वास्थ्य क्षेत्रहरूमा लामो समयदेखि नयाँ संक्रमित नभेटिएकाले संक्रमण फैलावट संकुचित बन्दै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री रोजर काम्बाले महामारी अब प्रान्तीय तहमा भन्दा पनि निश्चित स्वास्थ्य क्षेत्रहरूमा मात्र सिमित हुँदै गएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार सातवटा प्रान्तमा पुष्टि भएका कुल ८ हजार ३ सय संक्रमितमध्ये ४ हजार १८ जनाको मृत्यु भइसकेको छ ।

यस महामारीमा बिरामीको मृत्युदर ४८.४ प्रतिशत पुगेको छ भने २ हजार १ सय ६२ जना उपचारपछि निको भएका छन् । मन्त्री काम्बाकाअनुसार संक्रमण शुरु भएयता सात प्रान्तका ६३ स्वास्थ्य क्षेत्र प्रभावित भएका थिए । तीमध्ये १२ वटा स्वास्थ्य क्षेत्रमा विगत ४२ दिनदेखि र अन्य आठवटा क्षेत्रमा २२ देखि ४२ दिनयता कुनैपनि नयाँ संक्रमण पुष्टि भएको छैन ।



प्रतिक्रिया दिनुहोस !