१५ बैशाख २०८१, शनिबार

नेपाली कांग्रेस भीरकोटले संविधान दिवसको अवसरमा गर्यो सरसफाई कार्यक्रम

प्रकाशित मिति :  19 September, 2022 3:41 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा नेपाली काँग्रेस भीरकोट नगर कार्य समितिले संविधान दिवसको अवसरमा डेंगु रोग सचेतना तथा सरसफाई गरेको छ ।

भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यको प्रमुख आथित्यता र उपप्रमुख भगवती अर्याल रेग्मीको बिशेष आथित्यतामा नगर सरसफाई तथा डेंगु रोग सचेतना कार्यक्रम गरेको हो ।

नेपाली जनताले लामो संघर्ष र लडाई गरेर संविधान जारी भएको दिन बिशेष अवसरको रुपमा लिनुपर्ने नगर प्रमुख कर्माचार्यले बताए । मुलुकको लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकले संविधान पाएको बताउदै नगर प्रमुख कर्मचार्यले संविधान बचाउन सबै राजनीतिकदलहरु एक ठाउमा उभिनुपर्ने कर्मचार्यको भनाइ छ । संविधान दिवसको अवसर पारेर नगर सरसफाई अभियानमा जुटेकोमा नेपाली काँग्रेस भीरकोट नगर समितिलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

भीरकोट नगरपालिकाको बयरघारी बजार क्षेत्रभित्र सरसफाई गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि, सामाजिक अगुवाहरु, उद्योगी व्यवसायी, कर्मचारी लगायतको सहभागिता रहेको नेपाली काँग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !