८ बैशाख २०८१, शनिबार

टेलिकमका यि शाखाबाट सजिलै लिन सकिन्छ ई-सिम

प्रकाशित मिति :  19 September, 2022 5:43 pm


काठमाडौं । नेपाल टेलिकमले असोज ४ गतेदेखि काठमाडौं उपत्यकाभित्रका आठ शाखाबाट ई सिम वितरण गर्ने भएको छ । सुरुमा दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गरेको टेलिकमले ग्राहको चाप बढेपछि स्थान थप गरेको हो ।

कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि परीक्षणको रुपमा वितरण भइरहेको ई–सिमको लागि यथेष्ट संख्या मौज्दात रहेको जानकारी दिदैँ कोटाप्रणाली नहुने स्पष्ट पारेको छ । असोज ४ गते देखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु, छाउनी, पुल्चोक लगायत ग्राहक सेवा केन्द्र बाट माग बमोजिम वितरण गर्ने टेलिकमले जनाएको छ ।

मोबाइलमा ई–सिम कसरी इन्स्टल गर्ने
मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा टेलिकमले अनुरोध छ । यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा Add Mobile Plan वा Add Data Plan देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध हुनेछ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएकाे छ ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !