६ कार्तिक २०८१, मंगलबार

दाङ उद्योग बाणिज्य संघले घुम्ती सेवा सञ्चालन गर्ने

प्रकाशित मिति :  30 March, 2020 9:36 pm


काठमाडाैं, १७ चैत । 

दाङ उद्योग बाणिज्य संघले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

संघको बैठकले अति आवश्यकीय बस्तु घुम्ती सेवाबाट प्रदान गर्ने भएको छ । लकडाउनको अवधिमा अत्यन्त निम्न आए भएका तथा सामान्य आयस्तर भएका उपभोक्ताहरुका लागि घरघरमा सामाग्री पुराउने निर्णय गरको हो ।

संघले अति आवश्यक वस्तुहरुको वर्गीकरण गरि चामल दाल, नुन,तेल,ग्याँस,तरकारी एवं फलफूल ग्रामिण क्षेत्रमा उत्पादन भएका कृषि उपजहरुलाई खेर जान नदिन घुम्ति सेवा दिन थालिएको संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।  यसरी सेवा दिदा कुनै बस्तुमा मुल्य बृद्धि नहुने संघका अध्यक्ष नारायणप्रसाद भुषालले जानकारी दिए ।

संघले तत्कालका लागि घोराही उपमहानगरपालिका वडानम्बर १४ र १५ का विभिन्न क्षेत्रमा र केही दिनपछि घोरीका सबै वडाहरुमा प्रदान गरिने संघले जनाएको छ । घुम्ति सेवाका लागि १२ वटा पिकअप भ्यान सञ्चालन गरिने छ ।



प्रतिक्रिया दिनुहोस !