१५ चैत्र २०८०, बिहिबार

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’

प्रकाशित मिति :  26 September, 2022 12:24 pm


काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको अवसरमा चिनीयाँ स्मार्टफोन कम्पनी रियलमीले ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । असोज १० गतेबाट रियलमी क्याम्पीयन्स डट कममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन् ।


अफरको बारेमा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी सँधै नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै उहाँँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौँ । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले वहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।”

योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजनामा सहभागि हुनको लागि रियलमी क्यापीयन्स डट कममा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ । छानिएका विजेताहरु मध्ये हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछन् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको द्धप टिभि जित्न सक्नेछन् ।


अफर असोज १० गते देखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जिटि सिरीज लगायत सबै रियलमी स्मार्टफोनहरूमामा लागु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !