१४ बैशाख २०८१, शुक्रबार

विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत अवस्थामा भेटिइन्

प्रकाशित मिति :  28 September, 2022 12:56 pm


काठमाडौं । विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत अवस्थामा भेटिएकी छन् । मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी नेल्सनको शव मनास्लु हिमालमा भेटिएको र अहिले बेस क्याम्पमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ ।

मनाङ जाने बाटो नजिक हिमथाङ भन्ने ठाउँमा उनको शव फेला परेको गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले बताए ।

डिएसपी लामिछानेका अुनसार निजका पति पनि त्यही भएकोले शवलाई प्याक गरिसकेको जानकारी पाएको छु, अहिले ‘सामगाउँको हेली प्याडमा ल्याइएको छ, मुचुल्का उठाएपछि सिम्रिक एअरबाट काठमाडौं लैजाने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !