१७ असार २०७९, शुक्रबार

कोरोना विरुद्धको कोषमा साना किसान विकास लघुवित्तको १० लाख

प्रकाशित मिति :  31 March, 2020 9:36 pm


काठमाडौं, १८ चैत ।

सरकारले गठन गरेको कारोना (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा विभिन्न निकाय तथा संघसंस्थाले सहयोग गर्ने क्रम बढेको छ । कोषमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कोरोना संक्रमण नेपालमा पनि भित्रिसकेको अवस्थामा आम नागरिकलाई संक्रमणबाट बचाउन, संक्रमणको नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि आवश्यक पर्ने आर्थिक संकलनका लागि सरकारले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको हो ।

कोरोनाका सम्भावित संक्रमितको परिक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्ध सरकारी, निजी र आम नागरिकलाई कोषमा सहयोग गर्न सरकारले आव्हान गरेको छ । नेपालमा पनि कोरोना संक्रमित भेटिइसकेको अवस्थामा संस्थाले सबैलाई यसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेका निर्देशन र आव्हानहरुलाई राम्रोसंग पालना गरी सुरक्षित रहन पनि अनुरोध गरेको गरेको हो ।



प्रतिक्रिया दिनुहोस !