१५ बैशाख २०८१, शनिबार

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घट्यो

प्रकाशित मिति :  1 April, 2020 8:25 pm


काठमाण्डौं, १९ चैत ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० का दरले घटाएको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो ।

घटेको मूल्य आज राति १२ः०० बजेदेखि लागू हुनेछ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु, ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर रु, १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु, ७५ तोकेको जानकारी दिएको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !