१२ श्रावण २०८१, शनिबार

कोरोना संक्रमण भएकी बागलुङकी युवतीका परिवारको नमुना परीक्षण नेगेटिभ

प्रकाशित मिति :  1 April, 2020 9:10 pm


काठमाण्डौं, १९ चैत ।

कोरोना संक्रमण भएकी बागलुङकी युवतीका परिवारको नमुना परीक्षण नेगेटिभ आएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको हो।

धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती र उनका परिवार तथा आफन्त गरि ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो। १० जनाको नै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधव तिवारीले उल्लेख गरेका छन् ।

युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाडौँकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सँगै आएका अन्य सवार अन्य यात्रुको खोजी गर्दा ति युवतीलाई पनि सामान्य ज्वरोसमेत देखिएकाले चैत १२ गते स्वाब परीक्षणका लागि नमूना संकलन गर्दा कोरोना पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !