२३ बैशाख २०८१, आइतबार

विश्वभरका नेपालीकाे समुदायलाइ सघाउन विज्ञ टाेली परिचालन गरिएकाे छः एनआरएनए

प्रकाशित मिति :  1 April, 2020 9:41 pm


काठमाडाैं, १९ चैत । 

काेराेना (काेभिड १९) काे प्रकाेप बढिरहँदा विश्वभरका नेपालीकाे सहयाेगार्थ गैर आवासिय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय स्तरकाे विज्ञ टाेली परिचालन गरिएकाे बताएकाे छ । संघका अध्यक्ष कुमार पन्तकाे अध्यक्षतामा गठीत समितिले रणनैतिक कार्ययाेजना तयार गरि काम गरिरहेकाे जनाएकाे छ ।

बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित मुलुकमा रहेका नेपाली कुटनीतिक नियाेगहरूसँगकाे सहकार्रयमा समुदायलाइ सहयाेग गर्दै आएकाे जानकारी दिएकाे हाे । सरकारी काेषमा एक कराेड रकम सहयाेग गर्ने प्रतिवद्धता जनाइसकेकाे संघले काेभिड १९ नियन्त्रण तथा राेकथामका बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका  सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको छ जनाएकाे छ । 

 

प्रेस वक्तब्य

कोभिड१९ को महामारीले अहिले विश्वमा विकराल स्थिति सृजना भएको छयो रोगबाट हजारौंले ज्यान गुमाई सकेका छन् भने लाखौं संक्रमणमा परेका छन् । यो महामारीले देश भित्र र बाहिर बस्ने नेपालीहरुलाई समेत प्रभाव पारेकोले संघलाई  दोहोरो चुनौति थपिएको छ । प्रत्येक जसो मुलुकमा अप्ठेरोमा परेका नेपालीहरुका साथै मुलुक भित्रकै नेपालीहरुलाई सहयोग गर्नु  हाम्रो कर्तब्य हो  

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्च स्तरिय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरिएको छ । सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले  नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएको समेत जानाकारी गराउदछौ  ।

 साथै विगतमा महाभुकम्पबाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा झैं कोभिड१९ महामारीका बिरुद्ध लड्न नेपाल सरकारसँग गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको छ । यसको लागि संघले नेपाल सरकारलाई कम्तिमा रु  करोडको सहयोग गर्ने प्रतिवद्धता गरि सकेको छ भने बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका  सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको छ ।  

यसै प्रसङ्गमा नेपाल सरकारले चिनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं । संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसंचार माध्यमलाई समेत जानकारी गराउदछौं ।

खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो । यो आपतकालिन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरुलाई यस महाप्रकोप विरुद्ध संपुर्ण मानवजाति संग एकजुट भएर लड्न अनुरोध गर्दछौँ । 

 

डिबि क्षेत्री

प्रवक्ता,

गैरआवासीय नेपाली संघ ।

३१ मार्च २०२०



प्रतिक्रिया दिनुहोस !