११ आश्विन २०८३, आइतबार

विश्वभरका नेपालीकाे समुदायलाइ सघाउन विज्ञ टाेली परिचालन गरिएकाे छः एनआरएनए

प्रकाशित मिति :  1 April, 2020 9:41 pm


काठमाडाैं, १९ चैत । 

काेराेना (काेभिड १९) काे प्रकाेप बढिरहँदा विश्वभरका नेपालीकाे सहयाेगार्थ गैर आवासिय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय स्तरकाे विज्ञ टाेली परिचालन गरिएकाे बताएकाे छ । संघका अध्यक्ष कुमार पन्तकाे अध्यक्षतामा गठीत समितिले रणनैतिक कार्ययाेजना तयार गरि काम गरिरहेकाे जनाएकाे छ ।

बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित मुलुकमा रहेका नेपाली कुटनीतिक नियाेगहरूसँगकाे सहकार्रयमा समुदायलाइ सहयाेग गर्दै आएकाे जानकारी दिएकाे हाे । सरकारी काेषमा एक कराेड रकम सहयाेग गर्ने प्रतिवद्धता जनाइसकेकाे संघले काेभिड १९ नियन्त्रण तथा राेकथामका बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका  सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको छ जनाएकाे छ । 

 

प्रेस वक्तब्य

कोभिड–१९ को महामारीले अहिले विश्वमा विकराल स्थिति सृजना भएको छ, यो रोगबाट हजारौंले ज्यान गुमाई सकेका छन् भने लाखौं संक्रमणमा परेका छन् । यो महामारीले देश भित्र र बाहिर बस्ने नेपालीहरुलाई समेत प्रभाव पारेकोले संघलाई  दोहोरो चुनौति थपिएको छ । प्रत्येक जसो मुलुकमा अप्ठेरोमा परेका नेपालीहरुका साथै मुलुक भित्रकै नेपालीहरुलाई सहयोग गर्नु  हाम्रो कर्तब्य हो । 

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्च स्तरिय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरिएको छ । सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले  नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएको समेत जानाकारी गराउदछौ  ।

 साथै विगतमा महाभुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा झैं कोभिड–१९ महामारीका बिरुद्ध लड्न नेपाल सरकारसँग गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको छ । यसको लागि संघले नेपाल सरकारलाई कम्तिमा रु १ करोडको सहयोग गर्ने प्रतिवद्धता गरि सकेको छ भने बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका  सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको छ ।  

यसै प्रसङ्गमा नेपाल सरकारले चिनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं । संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसंचार माध्यमलाई समेत जानकारी गराउदछौं ।

खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो । यो आपतकालिन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरुलाई यस महाप्रकोप विरुद्ध संपुर्ण मानवजाति संग एकजुट भएर लड्न अनुरोध गर्दछौँ । 

 

डिबि क्षेत्री

प्रवक्ता,

गैरआवासीय नेपाली संघ ।

३१ मार्च २०२०



प्रतिक्रिया दिनुहोस !