२१ आश्विन २०७९, शुक्रबार

गोरखा ग्रुपका अध्यक्ष बुढाको लकडाउन अनुभव: भौतिक सुविधाका लागि दौडधुप गरेयौं त्यसैको सजाय भोग्दैछौं

प्रकाशित मिति :  3 April, 2020 10:22 am


झण्डै २३ बर्ष ब्रिटिश गोर्खा सैनिक जीवन विताएर सेवा निवृत्त भए क्याप्टेन मानबहादुर बुढा । ‘लाहुरे ‘जीवनबाट नेपाल फर्केपछि समाजिक सेवा तथा सेवा मूलक व्यवसायिक क्षेत्रमा  सकृय रहेका बुढा  हाल प्रतिष्ठित गोरखा ग्रुपका अध्यक्ष छन् । उनी अध्यक्ष रहेको गोरखा ग्रुप मातहत शैक्षिक तथा सेवा मूलक गरेर देशभर ६ वटा कम्पनी सञ्चालनमा छन् । धेरै समय व्यस्त रहने  रोल्पा घरभएका  अध्यक्ष बुढाको दैनिकी अरुको झै लकडाउनले पुरै फेरिएको छ । विहान उज्यालो नहुँदै घर छोड्न् अनि बेलुकी रातपरेपछि मात्रै घर फर्कनेअध्यक्ष क्याप्टेन बुढाले आफ्नो दैनिकी र महामारीबारे  विश्लेषण लुम्बिनी सञ्चारलाई सुनाएका छन् :

घरमै दैनिक शारिरीक अभ्यास र छलफल

चैत ११ गतेदेखि लकडाउन सुरुभयो । लकडाउन भएपछि बाहिर निस्कन पटक्कै भएन । म निस्केको छैन । अहिले मेरो घरमा ११ जना छौं । परिवार लगायत अरु रोल्पाकै भाइ-बहिनी हुनुहुन्छ । हामी अहिले दैनिकी कस्तो गरेका छौं भने विहान ७ बजेदेखि ८ बजे सबै जम्मा हुन्छौं, परिवार अनिवार्य । मैले तीन चार जना भाइबहिनीहरुलाई आ-आफ्नो विषगत रुपमा जिम्मा दिएको छुँ ।

त्यसमा एउटा जिम्मेवारी भनेको महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को त्यस दिनसम्मको अपडेट, राम्रा नराम्रा असर हेर्ने हो । यसमा एकजनालाई जिम्मा दिएको छुँ । उनले १५ मिनेटजति त्यो बारेमा बोलेर हामीलाई ज्ञान दिन्छन् ।

दोस्रो चरणमा प्रेसर नाप्ने, ज्वरो नाप्ने लगायतका काम हुन्छ । यस विषयमा पनि हाम्रो भान्जी क्वालिफाइड छिन । उनले सबैको प्रत्येक विहान ब्लड प्रेसर, ज्वरो नाप्ने लगायतको काम गर्छिन् । र तेस्रो चरणमा महत्वपूर्ण कुरा चाही हामीले शारिरीक अभ्यास हो ।

सबैंले झण्डै पौने घण्टाजति चाही शारिरिक अभ्यासमा विताउँछौ, जसमा योगालगायत अन्य अभ्यास गरेर बिहान ७ बजेदेखि ८ बजेको समय बिताउँछौ । त्यसपछि बेलुकी के गर्ने भनेर जिम्मेवारी दिईएको हुन्छ ।

सरसफाई खानपिन लगायतको काम र आम गर्छौ । बेलुकी ७ बजे कोठाभित्रै फेरी जम्मा हुन्छौं सबै । जम्मा भएर दिन कसरी बित्यो ? हाम्रो नेपालको अवस्था के रहयो ? परिवारको अवस्था के रहयो ? अनि संसारमा के भइरहेको छ भनेर छलफल गर्छौ । एक जना मान्छेले कुनै विषयमा १०/१५ मिनेट चाहीँ उनीहरुले आफूलाई लागेको कुराहरु भन्छन् । त्यो यो महामारी सम्बन्धि पनि हुन्छ र अन्य विषयमा पनि हुन्छ । ८ पछिपछि खानपिन गरेर आरा मगर्न जान्छौं । यसरी नै दैनिक चलिरा‘छ ।

कार्यालयहरु ठप्प, आवश्यक पर्दा घरबाटै काम

कार्यालयहरु ठप्पै छन् । म मातहत रहेका ६ वटा कम्पनीहरुलाई अध्यक्षको नाताले एउटा नोटिस जारी गर्दै यो अवधिमा बन्द गरिएको छ । घरमा पनि लकडाउन, अपिसमा पनि लकडाउन हो । यस्तो अवस्थामा आवश्यकता परेको अवस्थामा घरबाटै चलाउने । सम्भव भएसम्म हामीले घरबाटै गरेका छौँ । अफिस चाहीं पुरै बन्द गरेका छौं । अहिलेसम्म त्यसरी नै चलाईंरहेका छौं । अन्य चाहीं इन्टरनेटबाटै रिपोर्टहरु आदानप्रदान गर्ने काम गरिरहेका छौं ।

भौतिक सुविधाका लागि दौडधुप गरेयौं त्यसैको सजाय भोग्दैछौं

हामी मानवजाति भौतिक सुविधा, भौतिक संरचना र भौतिक शक्तिका लागि दौडधुप गरिरहेका बेला हामी आध्यात्मिक रुपबाट, नैतिकताबाट, अनुशासनबाट पतन भएको अवस्था हो । यो महामारी त्यसको दण्ड सजाय हो भन्ने मलाई लाग्छ । किने भने हामीले बाहिर ठूला-ठूला कुरा गर्ने, ठूला-ठूला लडाईंका कुरा गर्ने,व्यापारका कुरा गर्नेतिर लाग्यौं ।

यि सबै गरिरहँदा आफैं नै अव्यवस्थित भएको जस्तो, आफ्नो सुरक्षापनि नभएको अवस्था, आफूभित्र के रोक लागेको भन्ने कुरा ख्यालै नगरेर भौतिक चिजको लागि दौडधुप  गरेयौं । यस्तो गरिरहेका बेला यो एउटा दैवी सजाय हो भन्ने लाग्छ । किन भने आज शक्तिको रुपमा हो भने अमेरिका त्यति शक्तिशाली देश छ । विहानको अपडेटमा सबैभन्दा धेरै संख्यामा संक्रमित पनि अमेरिकामै रहयो । मर्नेपनि त्यस्तै छ । यसलाई हेर्दा के देखियो भने भौतिक शक्तिमात्रै त केही रहेनछ ।

त्यसकारण यहाँ आध्यात्मिक कुरा,अनुशासनको कुरा भए, नैतिकताको कुराहरुको खाँचो रहेछ । विश्वयुद्ध गोलीगठ्ठाको रुपमा, हतियारको रुपमा आएको थियो । तर, अहिले यो चाही भाइरसको रुपमा आएर भौतिक रुपमा सक्षम भएतापनि सजाय दिने गरेर आएर तेस्रो विश्व युद्ध आयो ।

घरभित्रै रहँदा असाध्यै ठूलै चोट परेको जस्तो भएको छैन

यसरी त लामो समय घरमा बसेको थिएँन । यसरी बस्दा आफूले आफूलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो कुरा हो । म ६ बजे विहान उठेर गएर बेलुकी ८ बजेमात्रै घर फर्कने मान्छे हो ।

जब नेपाल सरकारले भोली ६ बजेदेखि एक हप्ता लकडाउन गर्ने भनेर घोषणा गर्यो । घोषणा गर्नेवित्तिकै मेरो माइन्डमा के आयो भने ठिकै छ बाहिर निस्कन हुन्न पालना त गर्नै प¥यो । त्यसको साथसाथै मेरो घर छ । घरको परिवार छ ।

मसंग एउटा नेटवर्क छ र म फिजिकल्ली बाहिर जानुपर्ने छैन । त्यसैले कसरी व्यवस्थान गर्नुपर्छ भनेर मैले सोंचे । र दैनिक जीवन कसरी सञ्चालन गर्ने भनेर मेरो माइण्डमा ल्याएर अहिले परिचालन गर्दाचाहीँ असहज भाको जस्तो लाग्दैन । म घरमै छु ।

मेरो विचारहरु र माइण्ड विश्वको कुना कुना पुगेको छ । मेरो व्यवसाय आफ्नो हिसाबले सञ्चालन भइरहेको छ । परिवारपनि सञ्चालन गरिरहेको छुँ । यो तपाईसँग कुराकानी भयो यो पनि विचार आदानप्रदान नै हो । यस्तो भएकाले असाध्यै ठूलै चोट परेको, जेलमै बसेको जस्तो चै लाग्या छैनके अहिले ।

र यो पनि….

 



प्रतिक्रिया दिनुहोस !