१६ चैत्र २०८०, शुक्रबार

गोर्खा ग्रुपका अध्यक्षद्वारा ‘कोभिड-१९ आपतकालिन कोष’ स्थापना

प्रकाशित मिति :  2 April, 2020 11:17 am


कोष स्थापना गर्ने घोषणापछि गोर्खा ग्रुपका अध्यक्ष क्या.मानबहादुर बुढासहितका सदस्य

काठमाडौं, २० चैत ।

गोर्खा ग्रुपका अध्यक्ष क्याप्टेन मानबहादुर बुढाले कोरोना भाइरसको संक्रमणका कारण सरकारले घोषणा गरेको लकडाउनले अफ्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यसहित कोष स्थापना गरेका छन् । कोषको नाम‘कोभिड-१९ आपतकालिकन कोष’ रहेको छ ।

अध्यक्ष बुढाले लकडाउनका कारण रोल्पा लगायत विभिन्न जिल्लाबाट काठमाण्डौं उपत्यका र आसपासमा मजदुरी गर्न आएर अफ्ठेरो परेकाहरुलाई सहयोग गर्न कोष स्थापना गरेको जानकारी दिएका छन् । उनले भने,‘अहिले त हामी घरभित्रै छौं र यो कोष अलि नयाँ ढंगले स्थापना गरेका छौं,यो कोष परिवार र घरमा बस्ने सदस्यहरु मार्फत संकलन गरेका छौं ।’

अध्यक्ष बुढाले आफ्नो मातहतका कम्पनीको तर्फबाट सरकारले घोषणा स्थापना गरेको कोषमा रकम जम्मा गर्ने जानकारी दिए ।  उनले भने,‘यो अहिले हाम्रो सानो सहयोग र प्रयास मात्रै हो तर हाम्रो कम्पनीहरुको तर्फबाट हजार वा लाख जति हुन्छ हामी सरकारी कोषमा जम्मा गछौं ।’

उनले अहिले सुरु गरेको कोषबाट भने रोल्पालगायतका विभिन्न जिल्लाबाट काठमाण्डौंमा मजदुरी गर्न आएर अलपत्र परेकाहरुलाई सहयोग गर्ने बताए । उनले लुम्बिनी सञ्चारसँग भने,‘अहिले रोल्पा लगायतका जिल्लाबाट काठमाण्डौं उपत्यकाका विभिन्न ठाँउमा इट्टा भट्टामा काम गर्न आएका व्यक्तिहरु अलपत्र परेका भन्ने खबर छ हामी केही गर्न सक्छौं कि भनेर लागेका छौं ।’ मूल घर रोल्पा भएका क्या.बुढा अध्यक्ष रहेको गोर्खा ग्रुपको शैक्षिक तथा अन्य सेवामूल उद्योगमा लगानी रहेको छ ।

र, यो पनि…….



प्रतिक्रिया दिनुहोस !