६ जेष्ठ २०८१, आइतबार

ओमानसामु जर्मनीको कठिन जित

प्रकाशित मिति :  17 November, 2022 9:21 am


Soccer Football – International Friendly – Oman v Germany – Sultan Qaboos Sports Complex, Muscat, Oman – November 16, 2022 Germany’s Leroy Sane in action with Oman’s Harib Al Saadi REUTERS/Annegret Hilse

काठमाडौं । नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपका लागि अधिकांस देशका खेलाडीहरु कतार पुगेका छन् । विश्वकपका लागि तयारी गरिरहेको खेलाडीले मैत्रीपूर्ण खेलमार्फत आफ्नाे तयारी निखार्न प्रयासरत छन् ।

यसैअन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मनीले साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले ओमानलाई १-० गोल अन्तरले हराएको हो ।

ओमानको जितमा निकलस फुल्क्रुगले निर्णायक गोल गरे । उनले खेलको ८० औं मिनेटमा गोल गरेका हुन् ।

विश्वकपमा समूह ‘ई’मा रहेको जर्मनीले नोभेम्बर २३ जापानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !