१२ बैशाख २०८१, बुधबार

आज नवौं विश्व माटो दिवस, नेपालको ४५ प्रतिशत माटोमा प्राङ्गारिक पर्दाथको मात्रा न्यून

प्रकाशित मिति :  5 December, 2022 8:59 am


काठमाडौं। आज नवौं विश्व माटो दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । यो वर्षको माटो दिवसको नारा ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको शुरुवात’ तय गरिएको छ । नेपालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायले विभिन्न कार्यक्रम गरी दिवस मनाउदै आएका छन् ।

नेपालको खेतियोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको , ४ देखि ५ प्रतिशत क्षारिय र ४० देखि ४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको रहेको कृषि विभागले जनाएको छ । विभागले सावर्जनिक गरेको विवरण अनुसार देशका विभिन्र भागबाट माटोको नमुना परिक्षण गर्दा ४० देखि ४५ प्रतिशत माटोमा प्राङ्गारिक पर्दाथको मात्र न्यून रहेको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशत अधिक रहेको पाइएको हो ।

पौडेलले नेपाल लगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रेको र माटोको उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दै जाँदा माटोको उर्वराशक्ति ह्रास आउन थालेको विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले बताए । “नेपालको माटोको स्वास्थ्यता बिग्रनुका प्रमख कारण कम्पोष्ट मल, हरियो मलको प्रयोग न्यून गर्नु हो । रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जादाँ यस्तो भएको हो । तर हामीले अझै ध्यान दिएका छैनौँ ।’’ माटो दिवसको सन्दर्भमा उनले बताए ।

नेपालमा खेति गरिने जमिनको ५६ प्रतिशत नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको छ भने फस्फोरस तत्व ४२ प्रतिशत न्यून, २८ प्रतिशत मध्यम र ३१ प्रतिशतअधिक रहेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !