१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशको राजधानी देउखुरी सारिएपछि सत्तारुढ ४ दलको स्वागत

प्रकाशित मिति :  7 December, 2022 10:55 am


दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सारिएकोमा दाङमा क्रियाशील सत्तारुढ चार पार्टीले स्वागत गरेका छन् ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् । २०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी तोकिएको थियो ।

पूर्वाधार निर्माण जारी रहेकाले आगामी प्रदेश सभा बैठक बस्ने अन्योल भइरहेका बेला यही मंसिर १९ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सारिएको छ ।

सत्तारुढ ४ दलले विज्ञप्ति जारी गर्दै भनेका छन्,“ यस प्रदेशका सम्पूर्ण जनसमुदायलाई पयक पर्ने गरी प्रदेश सरकारका सम्पूर्ण कार्यहरू स्थायी राजधानीबाट हुने विषयले सम्पूर्ण दङ्गालीलाई थप उत्साहित बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !