२८ बैशाख २०८१, शुक्रबार

नेपाली आकास हवाई उडानका लागि सुरक्षित छ: मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  8 December, 2022 11:27 am


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताए। ‘प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको छ’, उनले भने।

नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषयमा जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको हवाई उडान ‘आइकाओ’को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए।

हवाई सुरक्षा नीतिका विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताउँदै उनले आइकाओले नेपालको नीति, प्राधिकरणले हवाई सुरक्षामा गरेका कामका आधारमा चाँडै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरेका थिए।

नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको उनले बताए। सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको उनले आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !