६ जेष्ठ २०८१, आइतबार

सडक निर्माणका क्रममा फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध, प्राविधिक टाेली परिचालन

प्रकाशित मिति :  8 December, 2022 3:50 pm


काठमाडौं । सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध भएको छ ।

एनसेलले विज्ञप्ति जारी गर्दै फाइबर काटिएपछि सेवा अवरुद्ध भएको जनाएको हो । एनसेलले कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेको जानकारी गराउँदै चाँडै सेवा सञ्चालन हुने जनाएको छ ।

एनसेलले विज्ञप्ति जारी गर्दै भनेको छ,“कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।”



प्रतिक्रिया दिनुहोस !