१२ श्रावण २०८१, शनिबार

कास्की नेसनल प्याब्सको खेलकुद सप्ताह सम्पन्न

प्रकाशित मिति :  10 December, 2022 2:43 pm


कास्की । नेसनल प्याब्सन कास्की जिल्लाको १३ औं खेलकुद सप्ताह सम्पन्न भएको छ ।

नेसनल ‘प्याब्सनको मान्यता, शिक्षामा खेलकुदको अपरिहार्यता’भन्ने नाराका साथ मंसिर २०,२१,२२ र २३ गते कार्यक्रम सम्पन्न भएको केन्द्रीय अध्यक्ष पाण्डब हमालले जानकारी दिए ।

समापन कार्यक्रममा पूर्व अध्यक्ष कर्ण बहादुर शाही, सल्लाहकार ज्ञानेन्द्र मोहन भट्टराई, उपाध्यक्ष यम बहादुर खड्का, महासचिव पारसमणि दाहाल, कोषाध्यक्ष प्रताप बहादुर थापा, गण्डकी प्रदेश अध्यक्ष राम बहादुर मोची, केन्द्रीय सदस्य राम बहादुर थापा लगायत जिल्ला, प्रदेशका पदाधिकारीहरु एवं अन्य विविध ब्यक्ति विशेषको उपस्तिथि रहेको थियो ।

पोखरा रंगशालामा सम्पन्न कार्यक्रममा खेलकुदका विभिन्न विधामा सहभागी भइ विजयी विद्यार्थीलाई अध्यक्ष एवं प्रमुख अतिथि हमालले पुरस्कार वितरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले खेलकुद जीवनमा अति आवश्यक कुरा भएको र निरन्तर खेल खेल्ने ब्यक्ति जीवनभर स्वास्थ रहने, फूर्तिलो हुने, जाँगरिलो हुने, पढाईमा समेत तेज हुने र गरेका हरेक काममा सफलता प्राप्त गर्न सक्ने बताए ।

उनले भने,“ फेरी पढाई छोडेर, काम बिगार्दै खेल्न मात्र लागियो भने जीवनमा दु :ख पाइनुको साथै पछुताउनु पर्ने हुन्छ,त्यसैले पढाई र खेल सँगसँगै अगाडि बढाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !