२८ बैशाख २०८१, शुक्रबार

नेपालको पर्यटनकाबारे अस्ट्रियाको उच्च पदाधिकारीसँग छलफल

प्रकाशित मिति :  14 December, 2022 7:59 pm


काठमाडौं । अस्ट्रियन दूतावास, नयाँ दिल्ली भारतबाट नेपाल आएको राजदूत सहितको उच्च स्तरिय भ्रमण टोलीले नेपाल पर्यटन बोर्डमा बुधबार नेपालको समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरेको छ ।

सो अवसरमा दुवै पक्षबीच संकट व्यवस्थापनका लागि भविष्यमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले अस्ट्रियन राजदूत विजर क्याथरिना सहित अस्ट्रियाका उच्चस्तरीय प्रतिनिधिहरूका सदस्यहरुलाई स्वागत गर्दै नेपालको पर्यटन र संकटकालीन अवस्थामा नेपालले अबलम्बन गरेको नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।

“नेपाल आउने पर्यटकलाई कुनै पनि समस्या नपरोस र परेको खण्डमा त्यसलाई सजह ढंगले समाधान गर्न सकियोस भनेर बोर्डले नेपाल सरकारका विभिन्न निकाय तथा पर्यटनसँग सम्बन्धित संस्थाहरुसंगको समन्वय र सहकार्यमा संकट व्यवस्थापनको कार्य गरिरहेको छ । ’’ उनले भने । यस्तै उनले नेपाल र अस्ट्रियाको प्राकृतिक विविधतामा समानता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनले गरेको असरका विषयमा साझा धारणा र वकालत आवश्यक रहेको समेत बताए ।

अस्ट्रियन राजदूत क्याथरिनाले पर्यटनमा संकट व्यवस्थापन महत्वपूर्ण कार्य भएको बताउँदै यस्ता विषयमा दुवै देशले अबलम्बन गरेका अनुभवहरु आदान प्रदान गर्न आवश्यक रहको धारणा राखेका थिए। पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण शाहले पर्यटकका लागि नेपाल सुरक्षित गनत्वय भएको बताउँदै नेपाल आउने पर्यटकका लागि सूचना लिन र पाउन सहज होस भन्ने ढंगबाट बोर्डले विभिन्न कार्यहरु अगाडि बढाइरहेको जानकारी दिए ।

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालको पर्यटन सम्भावना र संकट व्यवस्थापनका लागि नेपालले चालेका कदमका बारेमा जानकाररुी दिँदै नेपालले गरेका तीनै कार्यबाट बोर्डले अन्तरराष्ट्रिय वान्डरलस्ट अर्वाड तथा प्यासिफिक एशिया ट्रावल एशोसिएन (पाटा)बाट प्रतिष्ठित ‘पाटा गोल्ड अवार्ड ’ प्राप्त गरेको बताए ।

निर्देशक थापाले संकट व्यवस्थापनका लागि बोर्डको कार्यालयमा टुरिजम क्राइसिस म्यानेजमेन्ट सेल नै रहको जानकारी दिँदै कोभिड १९ को समयमा पनि बोर्डले विभिन्न देशका नागरिकहरुको उद्धारमा उल्लेखनीय कार्य गरेको बताए । कार्यक्रममा राजदूत क्याथरिना सहित नेपालका लागि अष्ट्रियाका मानार्थ वाणिज्य दूत राजेश बाबु श्रेष्ठ, अष्ट्रीयन सरकारका विभिन्न उच्च अधिकारी,बोर्डका वरिष्ठ निर्देशक,निर्देशक, पर्यटक प्रहरीहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !