२७ बैशाख २०८१, बिहिबार

रोल्पाको माडी गाँउपालिकामा कोरोना नियन्त्रण गर्न प्रतिकार्य समिति गठन,३५ लाख रुपैयाँको कोष

प्रकाशित मिति :  5 April, 2020 4:56 pm


फोटोः बसन्त मगरको फेसबुकबाट

रोल्पा, २३ चैत । रोल्पाको माडी गाँउपालिकाले कोरोना भाइरस जोखिम नियन्त्रण प्रतिकार्य समिति गठन गरेको छ । गाँउपालिका अध्यक्ष नन्दबहादुर पुनको नेतृत्वमा समिति गठन गरिएको हो ।

सबै कार्यपालिका सदस्य, ईलाका प्रशासन कार्यालय प्रमुख, इलाका प्रहरी कार्यालय प्रमुख, बजार व्यवस्थापन समितिका अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका गाँउपालिका प्रमुख समितिका सदस्य रहने छन् ।

बैठकले कोरोना भाइरसविरुद्ध लड्न ३५ लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ । गाँउपालिकाका सूचना अधिकारी राजकुमार यादवले भने,‘अन्य कार्यक्रमहरुका रकम कटौती गरि कोष स्थापना गर्ने निर्णय भएको छ ।’

बैठकले गाँउपालिकाभित्र एउटा वडाबाट अर्को वडामा जान सिफारिस चाहिने भएको छ । कोरोना संक्रमणलाई ध्यान दिदै कुनै वडाबाट अर्को वडामा जान सिफारिस चाहिने व्यवस्था गरिएको सूचना अधिकारी यादवले जानकारी दिए ।

बजारमा खाद्यान्न अवस्थाबारे जानकारी लिन प्रतिकार्य समितिले आजै बजार अनुगमन समेत गरेको छ ।

र यो पनि…..



प्रतिक्रिया दिनुहोस !