६ बैशाख २०८१, बिहिबार

रोल्पाका स्वाबको नमुना परीक्षण गर्न प्रादेशिक प्रयोगशालाले काठमाण्डौं पठायो

प्रकाशित मिति :  5 April, 2020 9:34 am


रोल्पा, २३ चैत ।

रोल्पाबाट कोरानाको आशंकामा प्रादेशिक प्रयोगशाला बुटवल पठाइएको स्वाबको नमुना काठमाण्डौं मै परीक्षण हुने भएको छ ।

बुटवलमा प्रयोगशाला तयार नभएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईएको हो ।

प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले रोल्पाबाट आएको स्वाब नमुना काठमाण्डौं पठाइएको जानकारी दिए । उनले भने,‘यता हामी तयारी गर्दा केही ढिलो हुने भएकाले रोल्पाबाट हिजो आएको नमुना काठमाण्डौं पठाएका छौं ।’

रोल्पाबाट कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि  हिजो ४ जनाको नमुना पठाइएको छ ।

सुनिल स्मृति गाँउपालिका वडा नम्बर—१ का २ जना र लिवाङ क्वारेन्टाइनमा रहेका २ जनाको नमुना परीक्षणका लागि पठाइएको हो ।

लिवाङबाट नमुना पठाइएकाका ५३ र ७२ बर्षका पुरुष रहेका रोल्पा जिल्ला अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी   दिए । रोल्पाबाट कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि पठाइएको पहिलो पटक हो ।

सुनिल स्मृति गाँउपालिका—१ का बावु छोरीको स्वाब पठाईएको हो । उनीहरु होम क्वारेन्टाइनमा थिए । लिवाङबाट स्वाब नमुना पठाएका व्यक्ति भने अस्पतालको क्वारेन्टाइनमा थिए ।

जिल्ला अस्पतालले प्रादेशिक प्रयोगशाला पठाएपनि ढिलो हुने भन्दै केन्द्रमा पठाइएको प्रमुख डा. गिरीले जानकारी दिए । उनले भने,‘ हामी मेसिन जडानकै क्रममा छौं, ढिलो हुने देखिएपछि काठमाण्डौं पठाएका हौं ।’



प्रतिक्रिया दिनुहोस !