७ बैशाख २०८१, शुक्रबार

रोल्पाबाट पहिलो पटक ४ जनाको स्वाब परीक्षणका लागि पठाईयो

प्रकाशित मिति :  4 April, 2020 6:50 pm


जिल्ला अस्पताल रेउघामा निर्माण गरिएकाे क्वारेन्टाइन ।

रोल्पा, २२ चैत ।

रोल्पाबाट कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि ४ जनाको नमुना प्रादेशिक प्रयोगशाला बुटवल पठाइएको छ ।

सुनिल स्मृति गाँउपालिका वडा नम्बर-१ का २ जना र लिवाङ क्वारेन्टाइनमा रहेका २ जनाको नमुना परीक्षणका लागि बुटवल पठाईएको हो ।

लिवाङबाट नमुना पठाइएकाका ५३ र ७२ बर्षका पुरुष रहेका रोल्पा जिल्ला अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी   दिए । रोल्पाबाट कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि पठाइएको पहिलो पटक हो ।

सुनिल स्मृति गाँउपालिका-१ का बावु छोरीको स्वाब पठाईएको हो । उनीहरु होम क्वारेन्टाइनमा थिए । लिवाङबाट स्वाब नमुना पठाएका व्यक्ति भने अस्पतालको क्वारेन्टाइनमा थिए ।

यसअघि रोल्पाको रुन्टीगढी गाउँपालिकाबाट उपचारका लागि बेलझुण्डी अस्पताल दाङ पठाइएको थियो । उनको अझै उपचार भइरहेको छ भने नमुना परीक्षणको रिपोर्ट आएको छैन ।

स्वाब परीक्षणबारे सुनिल स्मृति गाँउपालिका-४ का वडाअध्यक्ष गञ्जबहादुर क्षेत्रीको स्टाटस्



प्रतिक्रिया दिनुहोस !