१२ श्रावण २०८१, शनिबार

चीनले जाडोयाममा कोभिडका तीनवटा छाल झेल्नुपर्ने स्वास्थ्यविज्ञको अनुमान

प्रकाशित मिति :  19 December, 2022 1:05 pm


काठमाडौं । चीनले जाडोयाममा कोभिडका तीनवटा छाल झेल्नुपर्ने स्वास्थ्यविज्ञको अनुमान गरेका छन् ।

एक शीर्ष चिनियाँ स्वास्थ्य अधिकारी भन्छन्, ‘चीनले यस हिउँदमा कोभिड संक्रमणको तीन अपेक्षित छालहरूमध्ये पहिलो अनुभव गरिरहेको छ। यस महिनाको सुरूमा प्रतिबन्धहरू हटाएपछि चीनमा कोभिडका केसहरूमा बृद्धि भएको छ।’

पछिल्लो आधिकारिक तथ्याङ्कहरूले नयाँ दैनिक केसहरूको तुलनात्मक रूपमा कम संख्या देखाएको देखिन्छ। चीन सरकारले आइतबार मात्रै २,०९७ नयाँ कोभिड भेटिएकाे जनाएको छ ।

एपिडेमियोलोजिस्ट वू जुन्युले भनेका छन्, ‘संक्रमणको हालको स्पाइक जनवरीको मध्यसम्म चल्नेछ, दोस्रो छाल २१ जनवरीबाट सुरू हुने छ । हप्तादिन लामो नयाँ वर्षको उत्सवको वरिपरि सामूहिक यात्राद्वारा संक्रमित बढ्ने अनुमान छ । लाखौं मानिसहरू सामान्यतया यस समयमा परिवारसँग छुट्टी मनाउन यात्रा गर्छन्।’

‘तेस्रो छाल फेब्रुअरीको अन्त्यदेखि मार्चको मध्यसम्म चल्नेछ, किनभने त्यस समयमा मानिसहरू छुट्टीपछि काममा फर्कनेछन्,’ डा. वूले भने।

समग्रमा, चीनले आफ्नो जनसंख्याको ९०% भन्दा बढी मानिसलाइ पूर्ण खोप लगाइएको बताएको छ।

चीनले आफ्नै खोपहरू विकास र उत्पादन गरेको छ, जुन विश्वका बाँकी भागहरूमा प्रयोग गरिने खोपहरू भन्दा गम्भीर कोभिड रोग र मृत्युबाट मानिसहरूलाई बचाउन कम प्रभावकारी देखिएको छ।

यसैबिच, चीनको सबैभन्दा ठुलो सहर सांघाईले कोभिडका केसहरू बढ्दै गएका कारण आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छन्।



प्रतिक्रिया दिनुहोस !