१२ श्रावण २०८१, शनिबार

प्रदेश-५ मा कोरोना भाइरसको परीक्षण सुरु (फोटो फिचर)

प्रकाशित मिति :  5 April, 2020 6:12 pm


रुपन्देही, २३ चैत । प्रदेश-५ मा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । प्रयोगशालाले पहिलोपटक आज एकजना संक्रमणको आशंका गरिएका व्यक्तिको स्वाब नमुनालाई परीक्षणको रुपमा राखेको छ ।

आज विहानैदेखि सञ्चालनमा ल्याउने भनिएपनि प्राविधिक समस्या आउँदा परीक्षण केही ढिलो भएको हो । प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले भने,‘ अहिले हामीले पाँच बजेदेखि परीक्षण सुरु गर्यौं प्रारम्भिक रुपमा एउटा नमुना राखेका छौं । अहिले हामीले हाम्रै प्रदेशको एउटा नमुना राखेका  हौं ।’

सुरुमै जडान गरिएको ‘बायोलोजिकल सेफ्टी क्याविनेट’ले राम्रो कामसँग नगरेपछि नमुना परीक्षणमा ढिलाई भएको थियो । दबाव बढ्दै गएपछि प्राविधिकहरुले हिजो अबेरसम्म काम गरेका थिए ।

स्रोतका अनुसार प्रयोगशालामा स्वाब नमुना परीक्षण गरेपनि यो आफैमा ‘प्रयोगशालाकै परीक्षण हो ।’ स्रोतले भन्यो,‘ हुन त यो पहिलो नमुना परीक्षण प्रयोगशालाकै परीक्षण हो तर अब काम सुरु भयो ।’

प्रदेश-५ का लागि सरकारले केन्द्रबाट विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञका रुपमा जिम्मेवारी तोकेको छ ।

सरकारले प्रदेश नं -५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

फोटो : प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं.५



प्रतिक्रिया दिनुहोस !