६ जेष्ठ २०८१, आइतबार

ग्रामीण स्वास्थ्य स्वयमसेविका परिचालन गरिने, क्वारेन्टाइन मापदण्ड संशाेधन हुदै

प्रकाशित मिति :  5 April, 2020 8:07 pm


काठमाडाैं, २३ चैत । 

सरकारले स्थानीय तहमा काेराेना नियन्त्रणका लागि ग्रामीण स्वास्थ्य स्वयमसेविका परिचालन गर्ने भएकाे छ । स्वयमसेविकालाइ तालिम दिएर परिचालन गरिने भएकाे हाे ।

परिचालन गरिने स्वयंमसेविकालाइ सेवा सुविधा तथा बीमा समेतकाे व्यवस्था गर्न मापदण्डकाे तयारी भइरहेकाे सरकारले जनाएकाे छ । देशभर स्वयंमसेविका ५० हजार भन्दा बढीकाे संख्यामा रहेका छन् ।

अाइतबार बसेकाे काेभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले क्वारेन्टाइ सम्बन्धि मापदण्ड समेत संशाेधन गर्ने निर्णय गरेकाे छ । निर्णयकाे कार्यान्वयन मन्त्रीपरिषद्काे निर्णयपश्चात हुने प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायण बिडारीले बताए ।

 



प्रतिक्रिया दिनुहोस !