६ जेष्ठ २०८१, आइतबार

विश्वकपले राेकिएकाे प्रिमियर लिगका खेल आजबाट सुरू हुँदै

प्रकाशित मिति :  26 December, 2022 11:41 am


काठमाडौं । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा बीचमै रोकिएको प्रिमियर लिग आजबाट सरू हुदै छ ।

छ साताको ब्रेकपछि प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरू हुन लागेको हो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा सबै चर्चित लिगका खेलहरु रोकिएका थिए ।

सोमबार इंग्लिस प्रिमियर लिगमा ७ खेलहरु हुदैँ छन् । पहिलो खेलमा ब्रेन्टफर्ड र टोटेनहमबीच साँझ सवा ६ बजे सुरु हुनेछ । क्रिस्टल प्यालेस र फुलहम, एभर्टन र वल्भ्स, लेस्टर सिटी र न्यूक्यासल तथा साउथह्याम्टन र ब्राइटनबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

एस्टन भिल्ला र लिभरपुलबीचको खेल राती सवा ११ बजे भिल्लाको मैदानमा हुनेछ । त्यसपछि मध्यराती पौने २ बजे शीर्ष स्थानको आर्सनलले वेष्टहमसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !