२१ बैशाख २०८१, शुक्रबार

क्यान महासंघकाे कार्यसमितले पायाे पूर्णता, यस्ताे छ नयाँ नेतृत्व

प्रकाशित मिति :  27 December, 2022 6:49 pm


काठमाडौं । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) काे कार्यसमितिले पूर्णता पाएकाे छ । गत सनिवार सम्पन्न क्यान महासंघकाे औं महाधिवेशनबाट कार्य समिति अध्यक्षमा रणजित कुमार पोदार निर्विरोध चयन भएका थिए ।

पाेदारकाे नेतृत्वमा निर्विराेध तथा निर्वाचन बाट चयन भएका केन्द्रीय सदस्यहरूमध्येबाट कार्यसमिति चयन गरिएकाे हाे । साेमवार बसेकाे वैठकले केहीमा निर्विराेध र केही पदमा निर्वाचन गरी पदाधिकारी चयन गरेकाे हाे ।

संस्थाकाे वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी, उपाध्यक्षमा राजेन्द्र प्रसाद अर्याल, सरिता सिंह, हर्क बहादुर सेटि र ध्रुव राज शर्मा (सुदिप) चयन भएका छन् भने महासचिवमा चिरञ्जीवी अधिकारी चयन भएका छन् ।

कोषाध्यक्षमा नविन जोशी, सचिवहरुमा सुमन लाल प्रधान, बुद्ध रत्न मानन्धर, ई. प्रताप सापकोटा, भुपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली, कर्णराज पनेरू निर्वाचित भएका छन् ।

कार्यकारिणी सदस्यहरुमा विश्व राम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभास खड्का, विक्रम सिंह, दिव्य तारा शाक्य, निरन्जन पटेल, केशव प्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुर कुमार श्रेष्ठ, उमेश रघुबंशी, दिपक साह, सरिता न्यौपाने, शेखर नाथ दुलाल, सरूना श्रेष्ठ छन् । त्यसैगरी सदस्यमै चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ, मनोनित सदस्यमा भानुभक्त शर्मा तथा लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ, सदस्यहरुमा हृदय मान श्रेष्ठ र विक्रान्त कार्की निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !