१३ बैशाख २०८१, बिहिबार

नेपाल फर्किदा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  3 January, 2023 3:51 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपाली नागरिकले आफूसँग दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध भएपछि ल्याउन पाउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएका हुन् ।

यसअघि पनि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार तिर्न बाध्य पारेको भन्दै सार्वजनिक रुपमा आलोचना बढेसँगै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !