१९ मंसिर २०८२, शुक्रबार

तपाईंको सोमबारको भाग्य कस्तो छ ?

प्रकाशित मिति :  9 January, 2023 6:24 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७९ पुष २५ गते सोमबार

इ.सं. ः ९ जनवरी २०२३

सूर्योदयः बिहान ०६ः५८ बजे

सूर्यास्तः बेलुका १७ः२४ बजे

तिथिः द्वितीया ०७ः५२ सम्म, तत्पश्चात् तृतीया

पक्षः माघ कृष्णपक्ष

नक्षत्रः अश्लेषा (अहोरात्र)

योगः विष्कुम्भ १०ः४५ सम्म, तत्पश्चात् प्रीति

करणः गर ०९ः५७ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशिः कर्कट

ऋतुः हेमन्त

अयनः दक्षिणायन

आजको राशिफल

मेष

मेष राशि हुनेहरूको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृष

वृष राशि हुनेहरूको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाइबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् ।

मिथुन

मिथुन राशि हुनेहरूको आजको दिन अशुभ रहेको छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा अड्चन आइपर्नेछन् । बचत गरेको धन खर्च हुनेछ । आफन्तसँगको सम्बन्ध खटपट हुनेछ ।

कर्कट

कर्कट राशि हुनेहरूको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । भाग्यले साथ दिने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । बोलेको काम पुरा हुनेछन् ।

सिंह
सिंह राशि हुनेहरूको आजको दिन नराम्रो रहेको छ । तपाईंको अपमान हुनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । गोप्यरूपमा कार्य गर्न खोज्दा हामी हुनेछ । खर्च बढी हुने छ ।

कन्या
कन्या राशि हुनेका लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ

तुला
तुला राशि हुनेहररूका लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । खुशीको कुरा सुन्नु हुनेछ । कृषिकार्यबाट सफलता मिल्नेछ ।

वृश्चिक
वृश्चिक राशि हुनेहरूका लागि आजको दिन खराब रहेको छ । यात्रा गर्दा विभिन्न समस्या आइपर्नेछन् । भाग्यले साथ नदिँदा बन्न लागेका काम रोकिनेछन् । सम्बन्धमा खटपट हुने छ ।

धनु
धनु राशिको लागि आजको दिन नराम्रो छ । यात्रामा कष्ट हुनेछ । मनमा डर लागि रहनेछ । स्वास्थयमा समस्या आउनेछ । घाउचोटको सम्भावना रहनेछ । अफन्तसँग सम्बन्धमा असर पर्ने छ ।

मकर
मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । पार्टनरबाट सहयोग मिल्नेछ ।

कुम्भ
कुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाइमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढाइमा सफलता मिल्नेछ ।

मीन
मीन राशि हुनेहरूका लागि आजको दिन व्यावसायमा विभिन्न बाधा आइपर्नेछन् । सन्तानमा स्वास्थ्यको समस्यामा देखिने छ । काममा जाँगर लाग्ने छैन ।



प्रतिक्रिया दिनुहोस !