६ जेष्ठ २०८१, आइतबार

चेल्सीको पोस्टमा सिटीको चार गोल

प्रकाशित मिति :  9 January, 2023 12:23 pm


काठमाडौं । म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ४–० गोल अन्तरले हराउदै सिटीले चौथो चरणको यात्रा पक्का गरेको हो ।

सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । जुलियन अल्भारेज र फिल फोडेनले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

खेलको ३० औं मिनेटमा अल्भारेजले पेनाल्टीबाट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ३८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।

पहिलो हाफमा ३-० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप १ गोल गर्‍यो। खेलको ८५ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।

अब सिटीले अर्को चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेडमध्ये कुनै एकको सामना गर्नेछ।



प्रतिक्रिया दिनुहोस !