१३ बैशाख २०८१, बिहिबार

‘महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्छ’

प्रकाशित मिति :  11 January, 2023 7:05 pm


पोखरा । बुधवारदेखी पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने वताए । मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्ने उनको भनाइ छ ।

मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन आग्रह गरे । युवाहरुलाई स्वदेशमै रोक्नका लागी पनि स्वदेशी उत्पादनका सामाग्रीहरुको उत्पादन आवश्यक रहेको उनको भनाइ छ । त्यसैगरी मेला महोत्सवहरुले स्थानिय भाषा, संस्कृतिको उत्थान समेत गर्ने उनले वताए ।

गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम)ले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको वताउदै युनाइटेडले लिएको उद्देश्य अनुसारको गतिविधीमा सहयोग र साथ दिने वताए । गण्डकी प्रदेशमा आर्थिक गतिविधी बढाउन र पर्यटकीय गतिविधी बढाउनका लागी पोखरा महोत्सवले उल्लेख्य भुमिका खेलेको उनको भनाइ रहेको थियो ।

गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सम्पूर्णले सहयोग र साथ दिदै सामाजिक सेवामा सहभागी हुन आग्रह गरे ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश वरालले उद्देश्य सवैले लिएपनि पुरागर्न गाह्रो हुने वताउदै युनाइटेड क्लवले आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब रहेको वताए ।

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्व वहादुर गुरुङले युनाइटेड क्लव संग आफुले स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र युनाईटेड क्लबले छोटो समयमानै आफुलाई स्थापित बनाउन सफल भएको वताउदै आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।

सम्पूर्ण वडाहरुको प्रतिनिधीत्व गर्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सव मार्फत आर्थिक चलायामान संगै कला संस्कृतिको जगेर्ना हुने वताउदै युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि वढाइरहदा आगामी दिनमा आफ्नो वडा संगै महानरबाट समेत सहयोगका लागि पहल गर्ने वताए ।

त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बांकी नराखी सुरक्षा निगरानीलाई चुस्त दुस्त वनाउने वताए ।

त्यस्तै अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी वरालले युनाईटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि वढाइरहदा अमरसिंह माविको समेत सामाजिक काममा अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

संघ संस्थाको तर्फबाट कोलपाटन आमा समुहका अध्यक्ष सवित्री पौडेलले पोखरा महोत्सवले संघ संस्थाहरुलाई सहभागी बनाइ आफुहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको वताइन ।

युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवले एघारौं संस्करण सम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको र एघारौ महोत्सवदेखी पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवाशिय ब्यवस्था सहितको शिक्षालय निर्माण गर्न तर्फ लाग्ने उनले वताए ।



प्रतिक्रिया दिनुहोस !