१३ बैशाख २०८१, बिहिबार

आजदेखि नेपाल टेलिकमको ‘विन्टर अफर’

प्रकाशित मिति :  12 January, 2023 10:35 am


काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागु हुनेगरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर लाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु. १९९ देखि रु. ६९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन् । यस अफर अन्तर्गत जम्मा रु. ६९९ मा २८ दिनका लागि कुल २८ जिबी डाटा,१०० मिनेट म्यासेज र भ्वाइस सेवा सुविधा उपलब्ध रहेको छ ।

कम्पनीले स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याएको छ । रु. १३० मा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ । रु. १०० र रु. २०० का स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिनेछ ।

त्यस्तै पोस्टपेड कम्बो प्याक, सजिलो अनलिमिटेड पोस्टपेड प्याक लगायतका अफर ल्याएको छ । यी बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !