२१ बैशाख २०८१, शुक्रबार

कपनकाे माैलिक भान्साघरमा सप्ताहव्यापी खाना महाेत्सव हुँदै, मौलिक खानाको स्वाद लिन पाइने

प्रकाशित मिति :  14 January, 2023 6:26 pm


काठमाडौं । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्वारा सञ्चालिक मौलिक बजार तथा मौलिक भान्छाघरले साप्ताहिक रुपमा खाना महोत्सवको आयोजना गर्ने भएको छ ।

‘बसे पनि शहर, गाउँ कै खाने रहन, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं’ मुल नाराका साथ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन (आकासेधारा) मा सञ्चालित फेमिलियर नमुना कृषि पर्यटन परियोजनास्थलमा खाना महोत्सव हुन लागेको हो ।

सात दिन चल्ने कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिने भएको छ भने एक सेट खाना निशुल्क चखाउने व्यवस्था गरिएको छ ।

मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिवस को अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले कार्यक्रम गर्न लागेको हो ।

माघ १ (भोलि) देखि सात दिनसम्म चल्ने मेलामा माघ संक्रान्ति विशेष तिलको लड्डु, चाकु, घ्यु, तरुल, खिचडी, मासको बारा, फापरको फुरौला, मार्सी चामलको कसार, सख्खरखड्डा, पिडालु र फर्सीका परिकारहरु खान पाइने व्यवस्था गरिएको छ ।

माघे संक्रािन्तसँग सम्बन्धित परिकारसँतै सात दिनसम्म सात प्रदेशका परिकारहरु अवलोकन तथा खाने व्यवस्था गरिएको हो । महोत्सवमा पाँच सय बढीको अवलोकन रहने अनुमान गरिएको छ ।

”हामीले यसै पनि यहाँ ७५३ पालिकाका खाद्य वस्तु तथा प्रांगारिक उत्पादन प्रवद्र्धन गर्दै आइरहेका छौं । हामी कहाँ सातै प्रदेशका परिकार खान र लान पाइने व्यवस्था छ,” वल्र्डमार्ट युनिक सोलुसनका सञ्चालक सुमन दाहालले भने, “जैविक विविधता दिवसको समेत अवसर पारेर हामी आयोजक तथा सहआयोजकले मौलिक खाना प्रवद्र्धनको लागि यो कार्यक्रम आयोजना गर्दैछौं ।”

मौलिक भान्साघरले माघीका परिकारसँगै प्रदेश १ मा पाइने किनेमा र झ्याउन (राई, लिम्बुको विशेष खाना), मधेश प्रदेशको विशेष खाना भक्का, बागमती प्रदेशमा प्रचलित योमरी (नेवार जातीको विशेष खाना), गण्डकी प्रदेशमा चर्चित खिर र सेल रोटी, लुम्बिनी प्रदेशमा पाइने खिचडी र ढिकृ, कर्णालीको मार्सी खाना सेट र सुदूर पश्चिमको माडासमेतको व्यवस्था गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !