२० बैशाख २०८१, बिहिबार

डेरी एसाेसिएशन स्थापना दिवसः अनाथालयमा दुग्ध पान, अक्षकाेष स्थापना गर्न आर्थिक सहयाेग गरियाे

प्रकाशित मिति :  21 January, 2023 1:28 pm


काठमाडाैँ । नेपाल डेरी एसाेसिएशनले स्थापना दिवसकाे उपलक्ष्यमा अनाथालयमा दुग्ध पदार्थ सेवन गराएकाे छ । सनिवार २४ औं स्थापना दिवसकाे अवसरमा ललितपुरकाे हात्तीवनस्थित नवकिण अनाथ असाहय बाल उत्थान समाजमा रहेका ४५ जना बालबालिकालाइ दुध तथा दुग्ध पदार्थ सेवन गराइएकाे हाे । 

एसोसिएसनले अनाथालयमा बालबालिकाको शिक्षाका लागि बागमति प्रदेशबाट १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकाे छ । संस्थाका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमलाले आफ्ना हरेक विशेष कार्यक्रमहरुमा एसोसिएसनले विद्यालय, आश्रम, अस्पताल लगायतका स्थानहरुमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने गरेको बताए । 

कार्यक्रममा बाेल्दै एसाेसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले दुध पूर्ण पौष्टिक आहार भएको र सबैले अनिवार्य दैनिक सेवन गर्नुपर्ने बताए । ‘’हामी उद्याेगीले जन्मेदेखि मृत्युपर्यन्त आवश्यक पर्ने दुध जस्ताे निकै पाेषकीय तत्व भएकाे उपज जनतासम्म पुर्याउने जस्ताे महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न पाउँदा गर्वकाे महसुस गर्दछाैं,’’ उनले भने। आश्रमलाइ व्यक्तिगत र संस्थाकाे तर्फबाट निरन्तर साथ र सहयाेग रहने उनले बताए । 

एसाेसिएशनका बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेले अध्यक्षता ग्रहण गरेकाे कार्यक्रममा सह कोषाध्यक्ष रामभक्त दाहाल, केन्द्रिय सदस्य शिव घिमिरे, रमेश सञ्जेल, ललितपुर दुग्ध व्यवसायी समितिका कोषाध्यक्ष हुद्धराज तिमल्सिना लगायतका उद्याेगीहरू सहभागी थिए । 

नेपाल डे्री एसोसिएसनले आज सातै प्रदेशमा विभिन्न कार्यक्रम गरि २४ औं स्थापना दिवस मनाइरहेकाे छ । मुल कार्यक्रम दिउसाेँ एसोसिएसनको केन्द्रिय  कार्यालयको हलमा ‘दुग्ध क्षेत्रको उन्नति, हामी सबैको समुन्नति’ भन्ने नाराका साथ मनाउदैछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. दिपक कुमार खरालकाे प्रमुख आतिथ्यतामा मूल  कार्यक्रम मनाउने तय भएकाे एसाेसिएशनले  जनाएकाे छ । 



प्रतिक्रिया दिनुहोस !