१३ बैशाख २०८१, बिहिबार

किसानलाई बर्ड फ्लुबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछः मन्त्री साह

प्रकाशित मिति :  21 January, 2023 1:47 pm


काठमाडाैँ । कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताएकी छिन्।

शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले गरिबी समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको बताइन्।

बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यक्ता भएपनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरुको शिकार भइरहेको उनकाे भनाइ छ । कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको उल्लेख गरिन्।

साहले भनिन्, ”अण्डा र कुखुराको मासुमा नेपाल लगभग आत्मनिर्भर रहेको छ । तर किसानहरु बर्डफ्लु दानाको उचित मूल्य नपाउँदा चिन्तित छन्, बर्ड फ्लुको क्षतिको नियमानुसार क्षतिपूर्ति दिलाउन मन्त्रालय लागिपरेको छ ।”

मन्त्री साहले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लुबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताइन् । उनले बर्ड फ्लुबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालय तयारी गरिरहेको जानकारी गराइन् ।

”पोषक तत्व प्रोटिनको उपलब्धता नेपालमा पर्याप्त छैन, गरिबी समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या रहेको देखिन्छ,” उनले भनिन्, ”बालबालिकाको उमेरअनुसार समग्र विकासमा समेत सन्तुलित आहारको आवश्यक्ता हुन्छ । मन्त्रालय यस्ता खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयासरत छ तर अहिले पनि दुर्भाग्य देशमा उत्पादन गर्न सकिने खाद्य श्रोतहरुको आयातमा खर्बौं रुपैयाँ विदेशीहरेको छ ।”

कार्यक्रम नेपाल भेटेनरी एसाेसिएशनले आयाेजना गरेकाे हाे । वर्षेनी प्राेटिनकाे महत्व दर्साउन कार्यक्रम गर्दै आइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !