१२ बैशाख २०८१, बुधबार

सातै प्रदेशका दुग्ध उद्योगीले मनाए डेरी एसोसिएसनको २४ औं स्थापना दिवस

प्रकाशित मिति :  21 January, 2023 9:29 pm


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले सातै प्रदेशमा विविध कार्यक्रम गर्दै २४ औं स्थापना दिवस मनाएको छ । दुध तथा दुग्ध पदार्थ र खाद्यान्न वितरण, अतरक्रिया तथा केक काटेर स्थापना दिवस मनाइएको केन्द्रीय समितिले जनाएको छ ।

प्रदेश न. १. न्यानो कपडा र खाद्यान्न वितरण

एसोसिएसनको २४औं स्थापना दिवसको अवसरमा जागृत बाल उद्धार केन्द्र नेपाल, मेचीनगर–७ का अनाथ बालबालिकाहरूलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरी मनाइएको छ । एसोसिएसनका केन्द्रीय उपाध्यक्ष राजन चिमरिया, महासचिव हेमचन्द्र खनाल, सदस्य अशेष बुढाथोकी, सुमन चिमरिया, प्रदेश अध्यक्ष गंगा खड्का, झापा जिल्ला अध्यक्ष भरत ओलीलगायतका डेरी उद्योगी तथा सरोकारवालाले कार्यक्रममा सहभागिता जनाएका थिए । 

मधेश प्रदेशः अन्तर्क्रिया कार्यक्रम

नेपाल डेरी एसोसिएसनका केन्द्रीय उप महासचिव विजयप्रसाद चौरसिया, प्रदेश अध्यक्ष राघौ सिं, सदस्य नवीन चौरसियाका साथै डेरी उद्योगीहरूको सहभागितामा २४औं स्थापना दिवसको उपलक्ष्यमा केक काटेर दिवस मनाइयो । दुध तथा दुग्ध पदार्थको प्रवर्धनको विषयमा अन्तरक्रियात्मक छलफल गरिएको छ । 

बागमती प्रदेशः खुवाको केकदेखि वालवालिकालाई दुग्धपानसम्म

बागमती प्रदेशमा केन्द्रीय समिति र बागमती प्रदेश समितिले सगोल र फरक फरक तरिकाले स्थापना दिवस मनाएका छन् । केन्द्रीय समिति र बागमती प्रदेश समितिले बिहान बालबालिकालाई दुध तथा दुग्ध पदार्थ पान गराएर मनाएका छन् भने दिउँसो मुल कार्यक्रममा खुवाको केक काटेर मनाइएको छ। मुल कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक, पशुसेवा विभागका महानिर्देशक लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

बागमती प्रदेशको राजधानी हेटौंडामा मकवानपुर जिल्ला कमिटीको आयोजनामा केन्द्रीय सदस्य निराजन कोइराला, नि.केन्द्रीय सदस्य तिर्थ अधिकारी, जिल्ला समिति अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरूका लगायत डेरी उद्योगीहरूको उपस्थितिमा मामाघर नेपाल मकवानपुरमा रहेका भान्जाहरूलाई बिहानीको खाना खाजाको व्यवस्था गरी स्थापनाको केक काटेर मनाइएको छ । 

गण्डकी प्रदेशः मानव सेवा आश्रममा दुग्ध पदार्थ वितरण

मानव सेवा आश्रम पोखरामा दुध तथा दुग्ध पदार्थ वितरण गरी गण्डकीमा २४ औं स्थापना दिवस मनाइएको छ। दुग्ध व्यावसायमा देखा परेको समस्यामा उपायहरूको खोजी गर्न छलफल गरी केन्द्रले गरेका कार्यक्रमहरूमा एेक्यवद्धता जनाएको गण्डकी प्रदेश समितिले जनाएको छ। एसोसिएनका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिव शिवहरि आचार्य, सल्लाहकार ज्ञानेन्द्र बजगाई, सल्लाहकार सुरेशबहादुर श्रेष्ठ, सदस्य रामचन्द्र बराललगायत डेरी उद्योगीको सहमागितामा कार्यक्रम सम्पन्न भएको हो।

लुम्बिनीकै तुल्सिपुर दाङमा केन्द्रीय उपाध्यक्ष रेशमबहादुर खड्काको नेतृत्वमा उद्योगीहरूको सहभागितामा केक काटेर मनाइएको छ । पाल्पा जिल्लामा केन्द्रीय सदस्य टीकाराम खरालको नेतृत्वमा कृषिमा वैदेशीक लगानी आउँदा विषेश गरी दुग्ध क्षेत्रमा पर्ने समस्याको बारेमा अन्तरक्रियात्मक कार्यक्रम गरी मनाइएको छ। 

लुम्बिनी प्रदेशः चियापान र अन्तर्क्रिया

लुम्बिनी प्रदेशको बुटवलमा दुग्ध उद्योगी व्यावसायी भेला भई दुग्ध क्षेत्रमा भएका समस्याको विषयमा छलफल सहित चियापन समारोह गरी केक काटेर मनाएको छ । एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारी, सह–सचिव शिव भुषाल, केन्द्रीय सदस्य अर्जुन अधिकारी, भुवनेश्नर न्यौपाने, प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, पुर्व अध्यक्ष मेघराज भण्डारी, लुम्बिनी प्रदेश नि.अध्यक्ष कृष्ण भट्टराईलगायतका उद्योगीको सहभागिता रहेको जनाइएको छ । 

कर्णाली प्रदेशः विरामीलाई दुध वितरण

नेपाल डेरी एसोसिएसनका कर्णाली प्रदेश संयोजक प्रेमबहादुर डि.सिका साथै डेरी उद्योगीहरूको सहभागितामा स्थापना दिवसको अवसरमा जनप्रिय पोलिक्लिनिक, सहज पोलिक्लिनिक र बागचौर पोलिक्लिनिक बागचौर न. पा. २ सल्यानमा रहेका १२ जना बिरामीहरूलाई निशुल्क दुध तथा दुग्ध पदार्थ वितरण गरी मनाइएको छ। 

सुदुरपश्चिम प्रदेशः दुग्ध पदार्थ सेवन

नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमाल, सदस्य प्रेम प्रकाश पाठक, प्रकाश सामन्त, सल्लाहकार भुपेन्द्र थापा, प्रदेश अध्यक्ष रविन पन्तका साथै डेरी उद्योगीहरूको सहभागितामा २४औं स्थापना दिवसको उपलक्ष्यमा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनगढीमा दुध तथा दुग्ध पदार्थ सेवनका साथै स्थापना दिवसको केक काटेर मनाइयो । 



प्रतिक्रिया दिनुहोस !