६ चैत्र २०८०, मंगलबार

विहीबार तपाईंको भाग्य कस्तो छ ?

प्रकाशित मिति :  26 January, 2023 6:42 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७९ माघ १२ गते विहिबार

इ.सं. ः २६ जनवरी २०२३

सूर्योदयः विहान ०६ः५५ बजे

सूर्यास्तः बेलुका १७ः३८ बजे

तिथिः पञ्चमी १६ः३७ सम्म, तत्पश्चात् षष्ठी

पक्षः माघ शुक्लपक्ष

नक्षत्रः उत्तराभाद्रपदा २५ः०२ सम्म, तत्पश्चात् रेवती

योगः शिव १५ः४३ सम्म, तत्पश्चात् सिद्ध

करणः बालव १०ः४६ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशिः मीन

ऋतुः शिशिर

अयनः उत्तरायण

आजको राशिफल

मेष
मनमा अशान्ति रहने छ । शरीरमा पीडा हुनसक्छ । अनावश्यक कार्यको लागि धेरै खर्च हुन सक्दछ । व्यापारमा हानी हुनसक्हुने भएकोले व्यापार गर्दा सोच विचार पुर्याउनु होला । आफन्तसँग कारोबार गर्दा विचार पुर्याउनु होला ।

वृष
वृष राशि हुनेहरूको लागि आजको दिन शुभ रहेको छ । आय आर्जन राम्रो हुनेछ । नयाँ कार्यको थालनी होला । आर्थिक कारोबारको लागि शुभ रहेको छ । आफन्तबाट सहयोग मिल्नेछ । विभिन्न उपहार पनि पाइने छ ।

मिथुन
मिथुन राशि हुनेहरूको आजको दिन सुखद् रहेको छ । मनमा प्रसन्नता आउनेछ । नोकरीमा सम्मान पाइनेछ । पिताबाट सहयोग मिल्नेछ । तपाईंको लक्ष्यमा अवश्य पनि पुग्नु हुने छ । नयाँ कार्यको थालनी गरे सफलता मिल्ने छ ।

कर्कट
कर्कट राशि हुनेहरूको आज शुभ छैन । पेटमा समस्या उत्पन्न हुन सक्दछ । राजनीतिमा प्रतिस्पर्धीहरुले अनावश्यक आरोप लगाउने छन् । मनमा अशान्ति रहनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । आत्मसम्मानमा आँच आउन सक्दछ ।

सिंह
सिंह राशिको व्यक्तिको आजको दिन राम्रो छैन । अनावश्यक विवाद र झैझगडामा पर्नु हुने छ । विभिन्न संकट आइपर्नेछन् । आँटेको काम बन्दैन । घर व्यवहारमा पनि विभिन्न समस्याहरू आइपर्नेछन् । आफन्तहरूसँग विवाद हुन सक्दछ ।

कन्या
कन्या राशि हुनेहरूको आजको दिन राम्रो रहेको छ । शत्रुमाथि विजय प्राप्त हुने छ । दाम्पत्य जीवन सुखद् रहनेछ । साझेदारीमा काम गरे सफल हुनेछ । व्यवसायमा प्रगति हुने छ । पढाइ लेखाइमा मन लाग्नेछ ।

तुला
तुला राशि भएका व्यक्तिहरूको आजको दिन राम्रो रहने छ । नयाँ कामको थालनी हुनेछ । व्यापारबाट पनि मनग्गे आम्दानी हुनेछ । नोकरी र व्यापारबाट धन लाभ हुनेछ । अध्ययनमा सफलता हात लाग्नेछ ।

वृश्चिक
वृश्चिक राशी हुनेहरूको लागि आजको अशुभ रहेको छ । अध्ययनमा मन नलाग्दा अध्ययनबाट सफलता हात लाग्दैन । स्वास्थ्यमा समस्या आइपर्नेछ । भाग्यले साथ नदिँदा बन्न लागेका कार्यहरु रोकिने छन् । शरीरमा आलस्यता बढ्नेछ ।

धनु
धनु राशि हुनेहरूको लागि आजको दिन सुखद् छैन । स्वास्थ्यमा समस्या आउने छ । आफन्तसँग विवाद हुन सक्नेछ । स्वास प्रस्वासमा समस्या आउन सक्दछ । साथीहरूबाट धोका पाउन सक्नु हुनेछ । आजको दिन जुनसुकै कार्य गर्दा सर्तक रहनु होला ।

मकर
मकर राशि हुनेहरूको लागि आजको दिन शुभ रहेको छ । परिवारबाट सुख मिल्लने छ । परिश्रमको फल मिल्नेछ । दाजुभाइ दिदिबहिनीबाट सहयोग मिल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिने छ । मन शान्त रहनेछ ।

कुम्भ
कुम्भ राशि हुनेहरूको आजको दिन सुखद् रहने छैन । बोल्दा विचार पुर्याउनु होला । तपाईं बोलेका कुुराहरुबाट आफन्तलाई नराम्रो पर्न सक्दछ । कृषिजन्य उत्पादनमा समस्या देखिन सक्नेछ । आँखामा समस्या देखिनेछ ।

मीन
मीन राशि हुनेहरूको लागि आजको दिन राम्रो रहेको छ । मान प्रतिष्ठा बढ्ने छ । स्वास्थ राम्रो हुने छ । व्यावासायबाट राम्रो लाभ हुनेछ । बुद्धि पुर्याएर कार्य गर्दा आँटेको काम पुरा हुने छ ।



प्रतिक्रिया दिनुहोस !